२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

लघुकथाकार भीम राना ‘जिज्ञासु’ काे ‘अर्थात् ऊ’ लाेकार्पण

लघुकथा समाज, नेपालले भीम राना ‘जिज्ञासु’ काे ‘अर्थात् ऊ’ लघुकथासंग्रह लाेकार्पण गरेकाे छ।

लघुकथा समाजका अध्यक्ष तुलसीहरि काेइराला, लघुकथाकार भीम राना ‘जिज्ञासु’, ‘शारदा’ मासिक तथा कृतिका सम्पादक विमल भाैकाजी र लघुकथा समाजका संस्थापक तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘राेदन’ र भुँडीपुराण प्रकाशनका निर्देशक केशवप्रसाद पराजुलीले कृतिकाे लाेकार्पण गरेका हुन्।

कार्यक्रममा लघुकथा समाज नेपालकी उपाध्यक्ष शुष्मा मानन्धरले उपस्थित जनलाई शब्दमार्फत स्वागत गरेकी थिइन्।

लाेकार्पित लघुकथासंग्रह ‘अर्थात् ऊ’ का सम्पादक विमल भाैकाजीले सम्पादकीय अनुभव प्रस्तुत गरेका थिए। उनले लघुकथाकार राना चालीसका दशकमा विभिन्न माध्यमबाट विभिन्न पत्रपत्रिकामा छाइरहने स्रष्टा हुन्। उनी कुनै एक विषयमा मात्र खास हुनुपर्छ भन्ने स्रष्टा हुन्। लाेकसेवामार्फत उच्च पदस्थ व्यक्तिकाे निर्माण र नियुक्तिमा आफूलाई चिनाएका उनकाे लघुकथा पहिल्यैदेखि पढ्दै आएकाे छु। उनका लघुकथा कृतिमार्फत साहित्यमा पुनरागमन भएकाे छ। म हर्षित छु।

कार्यक्रममा लाेकार्पित लघुकथासंग्रहबाट सुमन थापा सङ्गमले ‘दुखकाे पहाड’,  छविरमण सिलवालले ‘भूकम्प चाेर’, श्रीबाबु कार्कीले ‘अचूक अस्त्र’ लघुकथा वाचन गरेका थिए।

लघुकथा समाज, नेपालका संस्थापक श्रीओम श्रेष्ठ ‘राेदन’ ले लघुकथाकार ‘जिज्ञासु’ हतार गर्ने प्रवृत्तिविरूद्ध नमुना भएकाे बताए। उनले साहित्यमा नहतारिँदा पनि ढिलाे भइँदैन। रानाले लघुकथामार्फत आफ्नाे उपस्थित जनाएकाे छ।

श्रीओम श्रेष्ठ राेदनले विद्ता प्रस्तुत गर्ने क्रममा केही समीक्षक र समालाेचकले  स्रष्टालाई निराश बनाउने प्रवृत्तिविरूद्ध बाेले। कृति लाेकार्पण स्रष्टाकाे उत्सव हाे। कसैले पनि आफ्नाे घर नराम्राे हाेस् भनिँदैन। केही समीक्षक र समालाेचकले विद्ता प्रस्तुत गर्ने क्रममा स्रष्टालाई निराश बनाएकाे छ। हामीले अन्तर्क्रियामा मात्र स्रष्टालाई सुझाव दिनुपर्छ।

कार्यक्रममा कृतिकाे प्रकाशक भुँडीपुराण प्रकाशनका निर्देशक केशवप्रसाद पराजुलीले लाेकार्पित कृति ‘अर्थात् ऊ’ लघुकथासंग्रहकाे सम्पादक विमल भाैकाजीकाे शुभेच्छाले कृति प्रकाशन गर्न पाएकाेमा खुसी व्यक्त गरे। विमल भौकाजी दाइको भुँडीपुराणमा संलग्नता देखेर स्टाफ नै हुन् कि भनेर केही स्रष्टाले मलाई सोध्छन्। उहाँ हाम्राे स्टाफ जस्तै हुनुभएकाे छ। उहाँकाे कारणले तीन दशकअघि लाेकसेवा आयाेगकाे पुस्तकमार्फत जाेडिएकाे रानासित फेरि जाेडिने अवसर पाएका छाैं। साहित्यमा उच्च ओहाेदाका धेरै व्यक्ति फर्किएका छन्। यसले दिने आत्मसन्तुष्टि अतुलनीय हुँदाे रहेछ।

लघुकथा समाज, नेपालका अध्यक्ष तुलसीहरि काेइरालाले लघुकथाकार जिज्ञासुलाई बधाई दिँदै कार्यक्रममा सहभागी सबैप्रति कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमकाे समापन गरेका थिए।

‘चराहरूकाे देश’, कर्फ्यू लागेकाे दिन (लघुकथासंग्रह, २०६६), समय चक्र, कुर्सीप्रधान देश (मुक्तकसंग्रह), फुरफुर पुतली जस्ता कृति प्रकाशित छन्। लाेकसेवा आयाेगसम्बन्धी ‘जिज्ञासु’ का दर्जनाैं पुस्तक प्रकाशित भएका छन्।

पुष्कर गैरेले सञ्चालन गरेको कार्यक्रममा उक्त कार्यक्रममा कात्यायन, गगनदीप सर्व, गोरखापत्रका पूर्वसम्पादक शिवप्रसाद भट्टराई, दीपक लोहनी, नवराज रिजाल, पवन बुढाथोकी, राजेश खनाल, रामकुमार पण्डित, सानुराना अन्जान, रामकुमार पण्डित, डी. आर., वसन्त वित्यासी थापा, श्रीराम राई लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ फाल्गुन २०८२ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App