काठमाडौंमा तिन दिने साहित्य महोत्सव सम्पन्न भएको छ। तिन दिने साहित्य महोत्सव उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनालको प्रमुख आतिथ्य, विशिष्ट अतिथि अच्युत घिमिरे उन्मुक्त, ममता मृदुल, डा. देवी पन्थी, डा. विजय पन्डित लगायतको साथ कार्यक्रम भएको थियो।
साहित्यकार झलनाथ खनालले नेपाल र भारतको सम्बन्धबारे विचार प्रस्तुत गरेका थिए। त्यस्तै कविता पनि वाचन गरिएकाे थियाे। उक्त कार्यक्रम डा. कञ्चनाले सञ्चालन गरेका थिए।
उद्घाटन सत्रमा रोशन पराजुलीको ‘नियति’ लघुकथासङ्ग्रहको निर्णय लोकार्पण गरिएको थियो। साढे बाह्र बजेदेखि लघुकथाको कार्यक्रम गरिएको थियो। डा. घनश्याम परिश्रमीको अध्यक्षता र लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइरालाकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
उक्त कार्यक्रम ममता मृदुलले सञ्चालन गरेकी थिइन्। उक्त कार्यक्रममा गोम विक्रम, रोशन पराजुली, विक्रमभक्त जोशी, रमेन्द्र कोइराला, शुक्रराज कुँवर, रामचन्द्र महतो कुसवाहा, प्रार्थना खनाल, एन्जल निलु, सुनिता निरौला पौडेल, ध्रुवराज थापा पुरुष, निशिता जोशी, लक्ष्मी पोखरेल, पिपी कोइराला, रामकुमार पण्डित र भारतीय लघुकथाकारले समेत लघुकथा वाचन गरेका थिए।
प्रकाशित: २० जेष्ठ २०८३ ०९:३३ बुधबार





