विनयराज पौडेलको निर्देशन रहेको चलचित्र ‘अक्षरा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ।
पोस्टरमा यी दुई कलाकार एक अर्काको विपरीत तर्फ फर्केका देखिन्छन्। न्यान्सी भने पोस्टरमा विवाहित महिलाको संकेत गरेकी छन् भने सुशील उनको श्रीमानको पात्रमा रहेको अनुमान लगाउन सकिन्छ। दुवै कलाकारको अनुहारको भावले भने सम्बन्धमा आएका समस्यालाई संकेत गरेको छ। जहाँ वैचारिक दूरी र बिछोडको मर्म पोस्टरमा समावेश छ।
उक्त पोस्टर चलचित्र निर्माता सुग्रसेन् ढुंगानाको जन्मदिनको अवसरमा सार्वजनिक भएको हो। ‘अक्षरा’ लाई उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले निर्माण गरेका हुन्।
चलचित्रमा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, अंशु महर्जन, गीता अधिकारी, पुष्कर राउत, रिस्ता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रिसा ढुंगाना छन्। चलचित्र भने भदौ २६ गतेदेखि प्रदर्शनको तयारीमा छ।
प्रकाशित: २२ असार २०८३ ११:४२ सोमबार




-600x400.jpg)
