बलिउड अभिनेता सैफ अली खानले सन् २०२५ जनवरीमा आफ्नो घरमा भएको चक्कु आक्रमणको घटनाबाट आफू अझै पूर्ण रूपमा बाहिरिन नसकेको बताएका छन्।
हालैको एक अन्तर्वार्तामा सैफले उक्त घटनाले आफूलाई शारीरिक र मानसिक रूपमा गहिरो असर पारेको खुलासा गरे। उनले चक्कु देख्दा अहिले पनि आफूमा तत्काल प्रतिक्रिया उत्पन्न हुने बताए।
आक्रमणपछि आफू लगभग पक्षाघातजस्तै अवस्थामा पुगेको सम्झिँदै सैफले रगतको पोखरीमा लडिरहेको बेला आफूले ‘योद्धाजस्तै मर्न’ समेत तयार भएको महसुस गरेको बताए।
उनका अनुसार घटनापछि परिवारले परिस्थितिलाई अपेक्षाकृत राम्रोसँग सामना गरेको थियो। विशेषगरी उनकी पत्नी करिना कपुर यस घटनाबाट निकै प्रभावित भएको उनले बताए।
सैफले आक्रमणका कारण आफू पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै समय लागिरहेको स्वीकार गरे। उनले घटनाका आरोपीप्रति आफूमा प्रतिशोधको भावना नरहेको संकेत गर्दै उनलाई खुसीसाथ माफ गर्न सक्ने बताएका छन्।
सन् २०२५ जनवरीमा मुम्बईस्थित घरमा चोरीको प्रयासका क्रममा सैफमाथि पटक–पटक चक्कु प्रहार भएको थियो। त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो।
-इन्डियन एक्सप्रेस
प्रकाशित: २८ भाद्र २०८३ १७:०० आइतबार





