३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

चन्द्र पन्तको ‘आबाट आमा २’ मा सविनको इन्ट्री

चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आबाट आमा २’ मा सविन श्रेष्ठको इन्ट्री भएको छ। उनलाई फिल्मका निर्देशक तथा निर्माता पन्तले फिल्मको एक मुख्य भुमिकामा अनुबन्ध गरेका हुन्।

यसअघि यो फिल्ममा पल शाह,विपना थापा, आकाश श्रेष्ठ लगायत कलाकारलाई अनुबन्ध गरिसकेका छन्। साथै यस फिल्मको शुभमुर्हूत समेत भइसकेको छ। गत सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेको हो।

गत वर्षको फिल्म ‘आ बाट आमा’ सुपरहिट फिल्म बनेको थियो। सोही फिल्मको यो सिक्वेल हो। यस फिल्ममा पल शाह,विपना थापा, प्रदीप रावत,आकाश श्रेष्ठ,सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का,लगायतका कलाकारहरूले अभिनय गर्दैछन्। निर्माण टिमले यस फिल्मका अभिनेत्रीको भने नाम सार्वजनिक गरेको छैन। अहिलेसम्म कुन हिरोइनले यस फिल्ममा काम गर्दैछन् भन्ने कुरा निर्माण पक्षले गोप्य राखेको छ।

आगामी दसैंमा प्रदर्शनमा ल्याउने भनिएको यो फिल्मको केहि सातापछि फ्लोरमा निस्किने तयारी छ। यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ भने यस फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ। आर्या इन्टरेटन्मेन्ट प्रालिको व्यानरमा हुने यस फिल्मको डिजिटल अधिकार ओएसआरले लिएको छ। साथै प्रोडक्सन म्यानेजर करणसिंह रसाली  छन्।

प्रकाशित: २३ वैशाख २०८३ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App