५ श्रावण २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

‘रोल न.१’ ले पूरा गर्यो ५१ औँ दिन

निर्देशक जोन योञ्जन निर्देशित चलचित्र ‘रोल न.१’ ले आफ्नो शनिबार ५१ औँ दिन सफलतापूर्वक पूरा गरेको छ।

सामाजिक कथावस्तुमा केन्द्रित उक्त चलचित्र जेठ १५ देखि प्रदर्शनमा आएको थियो। निर्माण पक्षका अनुसार फिल्मले देशभरका आधा दर्जनभन्दा बढी हलमा ५१ औं दिन मनाएको छ। कथानक चलचित्र ‘रोल नं १’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

चलचित्र विकास बोर्डका आधिकारिक बक्स अफिस विवरण अनुसार चलचित्रले गत आइतबारसम्म १ करोड ७७ लाख छ हजारको ग्रसकलेक्सन गरेको थियो। त्यसयताको विवरण अगामी भने सोमबार सार्वजनिक हुनेछ।  

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामालगायतको अभिनय छ।

प्रकाशित: ३ श्रावण २०८३ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App