१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘रियालिटी शो’ बाट चलचित्रमा डेब्यु गर्दै रिश्ता

टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ की विजेता एवं चर्चित डान्सर रिश्ता गुरुङले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन्।

गत वर्ष व्यावसायिक रूपमा सफल साबित भएको चलचित्र ‘आ बाट आमा’ को सिक्वेल ‘आ बाट आमा २’ मार्फत उनी अभिनेत्रीका रूपमा रजतपटमा प्रवेश गर्न लागेकी हुन्।

निर्माण पक्ष र गुरुङबिच आइतबार औपचारिक रूपमा कागजी सम्झौता भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टोलीले यसबारे आधिकारिक घोषणा गरेको हो।

निर्देशक चन्द पन्तले निर्देशन गर्ने यस चलचित्रमा रिश्ता कुन अभिनेताको जोडीका रूपमा देखिनेछिन् भन्ने विषयलाई भने हालसम्म गोप्य राखिएको छ। यद्यपि, चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ र चर्चित कथावाचक साइग्रेस पोखरेलजस्ता प्रभावशाली कलाकारहरूको मुख्य अभिनय रहने निश्चित भइसकेको छ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई आगामी दसैंको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

अघिल्लो भाग ‘आ बाट आमा’ ले दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।

प्रकाशित: १० जेष्ठ २०८३ १८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App