२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

तेस्रो पटक आमा बनिन् रिहाना

तेस्रो पटक आमा बनिन् गायिका रिहाना। कैरेबियन ३७ वर्षीया विश्व प्रसिद्ध पप गायिका रिहानाले दुई वटा छोरापछि तेस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छिन्।

गायिकाले सामाजिक सञ्जाल मार्फत पोस्ट सार्वजनिक गर्दै पुत्री लाभको खुसी सार्वजनिक गरेकी हुन्।  

गुलाबी रङमा छोरीलाई बेरेर तस्बिर सार्वजनिक गरी आफ्नो प्रशंसकलाई उक्त खबरबारे जानकारी गराएकी छिन्।

सेप्टेम्बर १३ मा उनले आफ्नो तेस्रो बच्चालाई जन्म दिएकी हुन्। उक्त पोस्टमा छोरीको जन्म मिति उल्लेख गरिएको छ।

प्रकाशित: ९ आश्विन २०८२ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App