९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘सिन्धुली गढी घुमेर हेर्दा’ को रिमेक सार्वजनिक

लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ को रिमेक गरिएको छ। २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’ लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो।

कृष्णविक्रम थापाको शब्द, संगीत र स्वर रहेको यो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’ लाई राजु थापाले रिमेक गरेका हुन्। रि-एरेन्ज रुविनकुमार श्रेष्ठले गरेका छन्।

राजु स्वर्गीय कृष्णविक्रम थापाका जेठा छोरा हुन्। यो गीतमा शब्द, संगीत र स्वर कृष्णविक्रम थापाले दिएका थिए।

यो आम नेपालीको जिब्राेमा झुन्डिएको लोकप्रिय गीत हो। सिन्धुलीको ऐतिहासिक र सांगीतिक पहिचान बोकेको यस गीतको भिडियो छायांकन पनि सिन्धुलीकै रमणीय स्थानहरूमा गरिएको हो।

भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्कीकाे मुख्य भूमिका छ। पवन केसी, सत्यदेवी, पवित्रा रम्तेल र काजी थापा पनि भिडियोमा देखिएका छन्।

वासु बरालको सिनेमेटोग्राफी रहेको भिडियो निर्देशन क्रान्ति केसीले गरेका छन्। उक्त गीत म्युजिक नेपालको युट्युब च्यानलमा सुन्न सकिन्छ।

चार दशकभन्दा लामो अन्तरालपछि पुनर्जीवित यस गीतले नयाँ पुस्तालाई सिन्धुलीको सांगीतिक धरोहरसँग फेरि नजिक ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ आश्विन २०८२ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App