बङ्गाली उपन्यासकार शरत्चन्द्र चट्टाेपाध्यायकाे अनूदित कृति ‘शेष प्रश्न’ लाेकार्पण भएकाे छ। अनुवादक लाेकप्रिय संगीतज्ञ आभास र दुर्गा कार्कीले ‘शेष प्रश्न’ काे लाेकार्पण गरेका थिए।
लाेकप्रिय संगीतज्ञ आभासले अनुवाद गरेकाे उक्त कृतिकाे साहित्यकार दुर्गा कार्कीले समीक्षात्मक टिप्पणी गरेका थिए। उक्त कृति प्रकाशक पब्लिकेसन नेपालय, कालिकास्थान, काठमाडाैंले बजारमा ल्याएकाे हाे।
साहित्यकार प्रद्युम्न जाेशीका अनुसार कार्यक्रममा रघुजी पन्त, विप्लव प्रतिक, डा. सराेज धिताल, सुचाेचना मानन्धर, शेखर खरेल, राजकुमार बानियाँ, किरणकृष्ण श्रेष्ठ, श्रवण मुकारुङ, सरिता मिश्र, पारस नेपाल, गिरीश गिरी, निरुपा प्रसुन लगायतकाे उपस्थिति रहेकाे थियाे। उक्त कार्यक्रममा अनुवादक आभासले नेपाली र बंगाली २ गीत पनि गाएका थिए।
सङ्गीतसँग सुन्दर ढङ्गले जाेडिएकाे साहित्यिक कृति हाे शेष प्रश्न। सुन्दर आवरणमा सजिएकाे उक्त कृति उत्तिकै पठनीय देखिन्छ। कृतिकाे आवरणमा उल्लेख छ, ‘शेष प्रश्न’ बङ्गाली उपन्यासकार शरत्चन्द्रकाे विशिष्ट कृति हाे। यसमा स्वाभिमानी स्त्री कमलकाे कथा छ। कतिका लागि चरित्रहीन उनी यथाथर्मा चट्टानझैं छिन्। कमलकाे जीवन अत्यधिक घटनामय छ अनि चाखलाग्दाे पनि। कमल नदी हुन्, जाे कुनै स्थिर जलकुण्ड, जाे कुनै बाँधसामु राेकिन्नन्, त्यहाँ प्रवाहकाे अभिलाषा नै शेष भएझैं लाग्छ। जब फेरि बन्धनले ऐँठन गराउँछ तब कमलभित्र जस्तै किनारा समेत भत्काउने तुफान पैदा हुन्छ। तिनै सुन्दरी-स्वाभिमानी कमलकाे चाखलाग्दाे कथा हाे, शेष प्रश्न।’
प्रकाशित: १९ कार्तिक २०८२ ११:३३ बुधबार





