४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘फ्रेन्च किस’ मा रेखा थापा

अपर्ण थापा निर्देशित चलचित्र ‘फ्रेन्च किस’ मा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छिन्। नयाँ पुस्ताको प्रेम कथामा आधारित चलचित्र ‘फ्रेन्च किस’ मा उनी प्रमुख भूमिकामा अनुबन्ध भएको चलचित्र निर्माण पक्षले बताएको छ ।  

उक्त चलचित्र केही दिनदेखि चितवनमा छायांकन भईरहेको चलचित्रको कार्यकारी निर्माता सौगात मल्लले जानकारी दिए । थापाको प्रवेशसंगै चलचित्र थप सशक्त र आकर्षक बन्ने मल्लले विश्वाश व्यक्त गरेका छन्।

निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसार बनाउने भन्दै दर्शकले आधुनिक प्रेमकथा हेर्न पाउने जाकारी दिएको छ ।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण सुरु फिल्म अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरिरहेका छन्। फिल्ममा अर्पण स्वयं र 'शाम्बाला' फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छन्। अभिनेत्री गौरी मल्लले यो चलचित्रमा अभिनय गर्नेछन् ।  

सुदीप बरालको छायांकन रहने फिल्ममा दीपक बज्राचार्यको संगीत हुनेछ । यो फिल्म सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य छ ।

प्रकाशित: २८ माघ २०८२ १७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App