१५ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

पुनर्जन्म

लघुकथा

‘दुध त दुहुयो चमेली ठेकीमा दही छैन मोही छैन!

गरिबीको चमेली बोल्दिने कोही छैन कोही छैन।’

पञ्चायती शासनकाल ढल्नअघि  रामेश, रायन र मन्जुलहरूले

यहीँ जनताका गीतहरू गाउँबस्ती पुगेर जनता जगाएका थिए।

शैलेन्द्र आफ्नो युवाकालमा आफैं पनि आन्दोलनमा होमिएका हुनाले पटकपटक जेलनेलमा आफ्नो जीवनको केही समय  बिताउनुपरेको थियो। पुन: नोस्टाल्जियामा हराउँदै आज पनि। उसले त्यहीँ नै गीत सुन्दै केही उदासीपनामा लामो श्वास फेर्‍याे।

यही बेला शारदाले सोधिन्, ‘हैन हजुरलाई के भयो?’

शैलेन्द्रले श्रीमतीतर्फ हेर्दै भन्यो, ‘शारदा! देश र जनताका लागि भनेर नै सारा जीवनको उर्जा खर्च गरिएछ तर भने जस्तो भएन।’

शारदाले पुन: सोधिन्, ‘खै! किन आज अचानक हजुर यस्तो कुरा भन्नुभयो?’

शैलेन्द्रले भन्यो, ‘भएको छोरी जनयुद्धमा सहिद बनिन्, कमाउने  छोरा उल्टै बाकसमा फर्किए, नाति जेन-जीको आन्दोलनमा परे।’

शारदाले भनिन्: नहुनुपर्ने भैसक्यो अब नातिनी र बुहारी छन्।’

शैलेन्द्रले भन्यो, ‘कुलेन्द्रले विराेधी सबैलाई नै धरपकड गर्दै छन्।’

शारदाले भनिन्, ‘हाम्रो सुकुम्बासी बस्ती पनि उठाउने भन्दै छ्न्।’

नविनाले मुख खोलिन, ‘चिन्ता नलिनु आमाबुवा हामी छदैछौँ नि।’

शेलेन्द्रले भन्यो, ‘पुनर्जन्ममा विश्वास छैन तर जङ्गबहादुरको पुन:

उदय भएको साँच्चिकै अहिले भेटें ! हो शारदा, हाे बुहारी मैले भेटें।’

आँखाभरि आँसुबाहेक जवाफमा अर्को कुनै शब्द नै थिएन।

प्रकाशित: २७ चैत्र २०८२ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App