साहित्यिक अभियानमा स्याङ्जाली नारीले ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ कार्यक्रम गरेको छ। कार्यक्रम वालिङ्- ८ स्थित चियाघरको प्राङ्गणमा अनौपचारिक रूपमा आयोजना गरिएको थियो।
संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालले सहजीकरण गरेको कार्यक्रममा स्याङ्जाली साहित्यकाशका मुर्धन्य व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो। नियमित भेटघाट र सिर्जना वाचन कार्यक्रम नाम दिइएको कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव एवं युवा स्रष्टा मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान वालिङ् स्याङ्जाका अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना, जेष्ठ नारी स्रष्टा दमकला बगाले,अग्रज साहित्यकार व्यक्तित्व लेखनाथ काफ्ले सर्जक कमल प्रसाद बगाले, वसन्त खनाल, ढाल बहादुर केसी, सिर्जना खनाल, सरस्वती काफ्ले, मञ्जु पराजुली, आशिष मिजार लगायतले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए।
कार्यक्रममा साहित्यप्रेमी अग्रज व्यक्तित्व सुर्यप्रसाद खनालले नारी स्रष्टाको यो कर्म स्रहानीय रहेको र निरन्तरतालाई मुख्य केन्द्रबिन्दु बनाउनुपर्ने धारणा राखे। प्रस्तुत कार्यक्रममा गीता ढकाल, रमेश अधिकारी, विश्व पराजुली, देव बुढाथोकी, सुर्याशं काफ्ले र सुलव खनाल लगायतको उपस्थिति थियो।
प्रकाशित: ४ जेष्ठ २०८३ ०८:२४ सोमबार





