युवा पुस्ताकी लोकप्रिय दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले ‘तेलंगाना गदर फिल्म अवर्ड्स २०२५’ मा उत्कृष्ट अभिनेत्री ‘वेस्ट एक्ट्रेस’ अवार्ड जितेकी छिन्।
उनलाई यो अवार्ड फिल्म ‘द गर्लफ्रेन्ड’ मा ‘भूमा देवी’ को भूमिकाका लागि प्रदान गरिएको हो।
उगादिको अवसरमा आयोजना गरिएको कार्यक्रममा राम चरणले रेवंत रेड्डी को उपस्थितिमा उनलाई अवार्ड हस्तान्तरण गरेका हुन्।
अवार्ड लिएपछि भावुक हुँदै उनले भनिन्, ‘सुरुमा मेरो अभिनयको धेरै मजाक उडाइएको थियो, तर आज त्यही कामका लागि राज्यबाट सम्मान पाउँदा गर्व भएको छ।’
विजय देवरकोंडासँग विवाह गरेपछि पहिलो पटक ठुलो स्टेजमा देखिएकी उनी परम्परागत पहिरनमा देखिएकी थिइन्। उनले सिल्क साडी, सिन्दूर, सुनको मंगलसूत्र र गजरा लगाएकी थिइन्।
यस्तै, अभिनेता नागा चैतन्य ले ‘थंडेल’ फिल्मका लागि उत्कृष्ट अभिनेता अवर्ड जिते भने कमल हासनलाई फिल्म क्षेत्रमा योगदानका लागि ‘पैडी जयराज फिल्म अवर्ड’ प्रदान गरिएको थियो।
प्रकाशित: ६ चैत्र २०८२ १८:५३ शुक्रबार





