१३ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

राम शेखरया ख्याल: ब्वज्या: हुँदै

नाट्यकर्मी समाज नेपालको आयोजनामा ११ दिने ख्याल: मेला (राम शेखरया ख्याल: ब्वज्या) आज शनिबार ९ गतेदेखि १९ मंगलबारसम्म आस्था थियटर लिवालीमा (ख्वप इन्जिनियरिङ कलेजसँगै) हुने भएको छ।

११ दिने ख्याल: मेलामा राम शेखर नकर्मीले लेखेका १० वटा ख्याल: हरू प्रत्येक दिन एक ख्याल: मञ्चन हुनेछ।  

सुरुकाे दिनमा ख्यालः मञ्चन  भक्तपुर साकोसको खेल खत्तम, ख्वप कलेजको छेरावती द्य :, स्टार वाचनालयको १२ बजे, बहुरङ्गी रंगकर्मी समूहको खुँयाता ज्वँ ज्वं, बाल बिकास ईङ्गलिस स्कुलको तन्त्र टाब्लेट नेपाली भाषामा, प्रभात माविको खुँ, श्रमिक साकोसको तन्त्र टाब्लेट, नेक्राविसंघ भनपा-१ को टुरिष्ट गाइड, शहिद निर्मल- पुष्प स्मृति वाचनालयको अस्पतालया ज्या, जेँला सांस्कृतिक समाजको रानी पुखु तथा अन्तिम दिन  खेल खत्तम पुनः मञ्चन गरी ख्याल: मञ्चन हुने आयोजकले जनाएको छ ।

उक्त मेलामा साउन १३ गते नेपाली भाषाबाट एकमात्र ख्याल: बाल बिकास ईङ्गलिस स्कुलको तर्फबाट तन्त्र टाब्लेट नामक ख्याल प्रस्तुत हुनेछ।

प्रकाशित: ९ श्रावण २०८३ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App