२९ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

आजै जन्मिएका थिए राज कपुर,बलिउडमा राज गरेका उनले के-के गरे ?

आज राज कपुरको जन्मदिन । यदी उनी जीवित थिए भने आज १०१औँ जन्मदिन मनाइरहेका हुन्थेँ । उनलाई भौतिक रुपमा दर्शकले २ जुन सन् १९८८ मा बिदा गरे । तर अझै पनि धेरै दर्शकको मनमुटुमा राज कपुरको उपस्थिति उस्तै छ ।  

उनकै जन्मदिनमा आज हामी उनीबारेका केही रोचक प्रसंगको चर्चा गर्नेछौँ । बलिउड अभिनेता, चलचित्र निर्देशक, निर्माता इतिहासका सबैभन्दा प्रभावकारी निर्माता मध्ये एक मानिने राज कपुरको पुरा नाम रणबीर राज कपुर हो । जसले ११ वर्षकै उमेरमा चलचित्रको संसारमा यात्रा सुरु गरे। उनले कैयौँ सुपरहिट चलचित्रमा काम गरे। उनले तीन राष्ट्रिय पुरस्कार र ११ फिल्मफेयर पुरस्कार पाएका छन्।

पाकिस्तानको पेशावरमा १४ डिसेम्बर ९२४ मा जन्मेका राज कपुरको निधन २ जुन सन् १९८८ मा भयो। उनलाई ‘द शो म्यान’ नामले पनि चिनिन्छ ।  

उनका बुवा आमा चलचित्र क्षेत्रैबाट प्रतिनिधित्व गर्थे । बुवा अभिनेता पृथ्वीराज कपुर र आमाको रामशर्नी देवी कपुर हुन्। छ सन्तान मध्ये राज कपुर सबै भन्दा जेठो थिए। पछि उनी परिवारसहित भारतको पन्जाबमा बसाइसराइ गरे।

११ वर्षदेखि चलचित्रमा यात्रा

चलचित्र ‘इंकलाब’ सन् १९३५ मा बालकलाकारदेखि चलचित्रमा यात्रा सुरु गरेका राज कपुरले ५ दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा काम गरे।  

२४ वर्षको उमेरमा आफ्नै चलचित्र निर्माण उद्योग स्थापना

‘आरके फिल्म’ नामले राज कपुरले २४ वर्षकै उमेरमा आफ्नै चलचित्र निर्माण उद्योगको स्थापना गरे। १९४८ देखि निर्देशनमा सुरुवात गरे। चलचित्र ‘आग’ देखि कपुरले निर्देशनमा डेब्यु गरे । उनी त्यतिबेला २४ वर्षका मात्र थिए। त्यो उद्योग अन्तर्गत कपुरले चलचित्र ‘आग’, ‘बरसात’, ‘आवारा’ जस्ता चलचित्र निर्माण गरे। जसकारण उनलाई ‘यंगेस्ट फिल्म मेकर डाइरेक्ट अ म्यान’ को उपाधी दिइयो।

१२ मे १९४६ मा कपुरले कृष्णा मल्होत्रासँग वैवाहिक जीवनको यात्रा सुरु गरे। यो विवाहबाट उनका पाँच सन्तान भए । छोरा रणधीर कपुर, ऋषि कपुर र राजीव कपुर , छोरी रितु कपुर, रीमा कपुर।

‘मेरा नाम जोकर’

सन् १९७० डिसेम्बर १८ मा प्रदर्शनमा आएको चलचित्र उनले बनाए जसमा उनलाई छ वर्ष लामो समय लाग्यो। यो उनको जीवनको सबभन्दा ठुलो प्रोजेक्ट थियो। यो चलचित्र त्यही समयमा लगभग ७० करोड भारुको लागतमा बनेको थियो। तर चलचित्र आलोचनात्मक रह्यो जसकारण चलचित्र नराम्रोसँग फ्लप भयो। यो चलचित्र कपुरको जीवनको सबै भन्दा ठुलो व्यापारिक हिसाबले फ्लप चलचित्र बन्यो।

उनले ७१ चलचित्रमा अभिनय गरे, १० चलचित्र निर्देशन गरे र १८ चलचित्र निर्माण गरेका छन्।

उनी लेखकको रूपमा चलचित्र ‘राम तेरी गंगा मैली’ मा काम गरे साथै उनले छ चलचित्र एडिटरको काम गरेका छन्।

राज कपुरले पाएका यी पुरस्कार

सन् १९८७ मा कपुरले पाए दादा साहेब फल्के अवार्ड यो सम्मान भारतीय सिनेमालाई आजीवन योगदान दिने व्यक्तिलाई दिइन्छ।

भारतको तेस्रो सबै भन्दा ठुलो सम्मान उनले भारत सरकारद्वारा सन् १९७१ मा पदम भूषण पाए । फिल्म फेयर अवार्ड ११ पटक उनले पाएका छन्।

नेशनल अवार्ड ३ पटक पाए। अन्य २६ अवार्ड पनि उनले पाए । 

प्रकाशित: २८ मंसिर २०८२ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App