३० आश्विन २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

रामबाबु गुरुङलाई प्रश्न: ‘कबड्डी ५’ को किन बढी प्रचार ?

दसैँ सुरु भयो, अहिले नवरात्र जारी छ। यो समय चलचित्र क्षेत्रको लागि ‘प्राइम टाइम’ पनि मानिने गरिन्छ। यस अवसरमा कतिपय चलचित्र चुपचाप आफ्नो प्रदर्शनको समय कुरी रहेका छन्, भने कतिपयले आफ्नो प्रचार–प्रसारमार्फत कामलाई दर्शकमाझ पुर्याउने प्रयासमा छन्।

दसैँलाई नै आफ्नो प्रदर्शनको सही समय ठानेर मैदानमा उत्रिएका चलचित्र मध्ये निर्देशक गुरुङको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ पनि एक हो। जसको प्रदर्शन कार्तिकको ६ देखि हुने भएको छ। यसको टिमले भने आफनो प्रचार–प्रसारमा अन्यभन्दा बढी नै समय खर्चिरहेको देखिएको छ। कहिले, प्रेस मिट, अन्तर्वार्ता, ट्रेलर रिलिज त कहिले गीत रिलिज।  

यी नै विषयवस्तुलाई केन्द्रमा राखेर गुरुङलाई ट्रेलर रिलिज कार्यक्रममा सोधियो, किन यति धेरै प्रचार प्रचार ? ‘यसपालि अलि बढी देख्नु भयो होला तपाईहरुले किनकि बजारमा प्रमोसनको प्रतिस्पर्धा चलिरहन्छ। त्यो प्रतिस्पर्धाको माहौल पनि देखिएको छ। साथै दसैँ ताका नै लोकप्रिय चलचित्रहरूको शृङ्खलाहरू प्रदर्शनमा आइरहेका छन्। यही कारण उनीहरूसँग दौडिन नसके पनि हिँड्न त सकौँ। त्यो नै महसुस भएको हो।’ सञ्जालकर्मीसँगको कुराकानीमा ठठ्याउली गर्दै गुरुङ सुनाउँछन् ‘मलाई मेरो प्रोडक्टमा सारै विश्वास छ’।

प्रकाशित: २९ आश्विन २०८३ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App