२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

काजी र मितज्यू: कुनको कमाई धेरै ?

चलचित्र विकास बोर्डको बक्स अफिस विवरण सार्वजनिक भएको छ। एकै साथ सिनेमाघरमा प्रदर्शनमा आएका चलचित्र ‘काजी’ र मितज्यू’ को पहिलो बक्स अफिस विवरण सार्वजनिक भएको छ।

सौगात मल्ल, दयाहाङ राइ र टेरिया फौजा मगरको मुख्य भूमिका रहेको चलचित्र ‘मितज्यू’ जेठ ८ गतेदेखि सिनेमाघरमा आयो। यो चलचित्रले राति शनिबारसम्म अर्थात प्रदर्शनका नौ दिनसम्म एक करोड २० लाख ४९ हजारको व्यापार गरेको छ, भने ४१ हजार दुई सय ४८ जना मान्छेले हेरिसकेका छन्। यो चलचित्रलाई अनिल बुढामगरले निर्देशन गरेका हुन्।

No description available.

सोही अवधिमा प्रदर्शनमा आएको चलचित्र ‘काजी’को व्यापार भने खासै देखिएको छैन। चलचित्र विकास बोर्ड अनुसार यो चलचित्रले सोही अवधिमा ४० लाख ८८ हजारको ग्रस्त कलेक्शन गरेको छ। १३ हजार ७ जनाले चलचित्र हेरेका छन्। लक्ष्मण रिजाल निर्देशित चलचित्रमा विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका छ।

प्रकाशित: १८ जेष्ठ २०८३ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App