२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

प्राज्ञ चन्द्र रानाहँछाकाे नेतृत्वमा रावासावा प्राज्ञिक समाज

रावासावाको १३औं साधारण सभाले कवि, लेखक तथा कलाकार प्राज्ञ चन्द्र चन्द्र रानाहँछाको अध्यक्षतामा रावासावा प्राज्ञिक समाज नेपालको १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

डा. धनप्रसाद सुवेदी, देवराज कटुवाल, शान्तिराम राई, डा. सुकराज राई र सविता ढकाल रहेकाे निर्वाचन समितिकाे उपस्थितिमा प्राज्ञिक समाजकाे नयाँ नयाँ कार्यसमितिकाे चयन गरिएकाे हाे।

चन्द्र रानाहँछा अध्यक्ष रहेकाे कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सुरेश हाचेकाली, उपाध्यक्ष भरतकुमार मगर, महासचिव यादेवी ढकाल, सचिव यम बास्तोला र काेषाध्यक्षमा पुष्पा राई रहेका छन्।

त्यस्तै सदस्यहरूमा श्रीराम राई, वीरेन्द्र राई, डी. अनुरागी, सोनाम सज्जन किराती, प्रवीन पुमा, टिकाराम राई, आनन्दकला राई, सहस्रा राई र ज्ञानमाला परियार चयन भएका छन्।

रावासावा प्राज्ञिक समाजले पहिलो सत्रमा जर्नल लोकार्पण गरेकाे छ। समाजसेवी व्यक्तिहरू वरिष्ठ अधिवक्ता देवराज कटुवाल,वरिष्ठ सञ्चारकर्मी तथा महिला अधिकारकर्मी, उद्यमी तेजबहादुर राई र शिक्षक समाजसेवी गंगा राई (कान्छी) लाई दोसल्ला ओढाएर सम्मान अर्पिएकाे छ।

त्यसैगरी रावासावा कमलाभक्त साहित्य पुरस्कार वरिष्ठ गीतकार तथा कवि टीका चाम्लिङ र रावासावा कमलाभक्त कला पुरस्कार सर्जक गोकुल परियारलाई मरणोपरान्त अर्पिएकाे हाे। पुरस्कृत स्रष्टाहरूलाई जनही नगद रु. २५ हजार सहित सम्मानपत्र अर्पिएकाे हाे।

समाजका अध्यक्ष बम बानियाँको अध्यक्षता तथा राष्ट्रिय गानका स्रष्टा प्रदीपकुमार राई (व्याकुल माइला) काे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

उक्त कार्यक्रममा समाजले प्रकाशण गरेको रारासावा जर्नल पनि लोकार्पण गरिएकाे छ।

प्रकाशित: २८ असार २०८३ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App