२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

नारी प्रधान चलचित्र ‘टिका’ को निर्माण घोषणा

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नारी प्रधान चलचित्र ‘टिका’ को निर्माण घोषणा भएको छ।

आइतबार नारी दिवसको अवसरमा  ‘टिकाःस्टेटलेस सोल’ निर्माणको घोषणा गरिएको हो।

शंकर कार्कीको निर्देशन, भविष्य खड्का निर्माता र तेजविक्रम केसी कार्यकारी निर्माता रहेको चलचित्रमा वर्षा शिवाकोटी, महेश त्रिपाठी, ऋचा शर्मा र निर्मल शर्मा प्रमुख अभिनयमा रहनेछन्।

उक्त चलचित्रमा महिलाहरूको जीवनका हरेक पाटा र भोग्ने–संघर्ष तथा आत्मसम्मानको कथा समेट्ने जनाइएको छ। चलचित्रमा शीर्ष भूमिकामा वर्षा सिवाकोटी र महेश त्रिपाठीले अभिनय गर्नेछन्।

भविष्य फिल्मको प्रस्तुतिमा थर्ड आई आर्ट्सको सहकार्यमा उक्त चलचित्र निर्माण हुन लागेको छ। कथा चन्दन झा र शंकर कार्कीको हुनेछ भने पटकथा रामकुमार श्रेष्ठको हुनेछ। चलचित्रको छायांकन केही दिनमै सुरु हुने बताइएको छ।

प्रकाशित: २४ फाल्गुन २०८२ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App