३ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

चलचित्र बोर्डलाई वर्षाको प्रश्न: महिला कलाकारलाई कसले प्रोत्साहन गरिदिने ?

अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ माथि असन्तुष्टि व्यक्त गरेकी छिन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शिवाकोटीले बोर्डले नायकहरूलाई मात्र प्रोत्साहन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले बोर्डको अध्यक्ष दिनेश डिसीलाई मेन्सन गर्दै लेखेकी छिन्,'लौ नायक ज्यु हरूलाई मात्रै प्रोत्साहन गर्नुस्, हामी महिला कलाकार हरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने ???'

बोर्डले प्रदान गरेको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को उत्कृष्ट अधिकांश पुरुषहरू नै रहेका छन्। उत्कृष्ट निर्देशक, सम्पादक, छायाकार, लेखन, निर्णायक समिति  विशेष प्रोत्साह पुरस्कार पाउने सबै पुरुषहरू रहेका छन्। 

प्रकाशित: ३० असार २०८२ १८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App