२८ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘तिनिहरू’ लाई प्रधानमन्त्री शाहको शुभकामना

 भदौ १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘तिनिहरु–'एलिफेन्ड इन द फग’ लाई प्रधानमन्त्री बालेन्द्र शाहले सफलताको शुभकामना दिएका छन्। फिल्म एकडेमी अवाड्स अस्करमा छनौट भएको भन्दै उनले सफलताको शुभकामना दिएका हुन्। 

शाहले आइतबार दुवै अवार्डमा सिफारिस र मनोनयन भएको चलचित्रको ग्राफिक्स तस्बिर सामाजिक संजालमा सेयर गर्दै उनले लेखेका छन्, ‘अबिनाश विक्रम शाह निर्देशित ‘तिनीहरू ९९औँ एकेडेमी अवार्ड्स अस्करका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ। सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि धेरैधेरै शुभकामना।’

उनले थपे–‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत छ।’ अविनाशविक्रम  यसअघि यो चलचित्र फ्रान्सको कान्समा 'अन सर्टेन रिगार्ड' विधामा छनोट भैसकेको छ।  

प्रकाशित: २८ भाद्र २०८३ १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App