४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

कवि लालमणि पौडेलको ‘भावतरङ्ग’ लोकार्पण

सिसार साहित्य प्रतिष्ठान काठमाडौँले कवि लालमणि पौडेलको ‘भावतरङ्ग ’ कवितासङ्ग्रहको लोकार्पण गरेकाे छ।

अतिथिहरू प्रा. केशव सुवेदी, प्रा. जगत उपाध्याय, सिसार साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवाली, सल्लाहकार मीनप्रसाद ज्ञवाली, आख्यानकार भागीरथी श्रेष्ठ , लेखक पौडेल, प्रकाशक कमला पौडेल लगायतले  संयुक्त रूपमा कवितासङ्ग्रहको लोकार्पण गरेका थिए।

समीक्षक प्रा. केशव सुवेदीले कवितासङ्ग्रहले बहुआयामिक विषयवस्तु समेटेको विचार व्यक्त गरे। प्रा. जगत उपाध्यायले कवि पौडेलसँगका अन्तरङ्ग सम्बन्धबारे धारणा राखेका थिए। कृतिका सम्पादक उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले अग्रजहरूको सम्मान गर्नुपर्ने धारणा राख्दै कृति सम्पादनका सन्दर्भहरू उल्लेख गरेका थिए।

कविहरू विजयध्वज थापा, विजयराज न्यौपाने, कृष्णप्रसाद पौडेल जस्ताघरेले कवितासङ्ग्रहबाट कवितावाचन गरेका थिए। आख्यानकार भागीरथी श्रेष्ठ, कवि भागीरथी ज्ञवाली, सहप्रा.श्रीराम सापकोटा, डा. मेघराज ढकाल, डा. बमबहादुर जिताली लगायतले शुभकामना प्रस्तुत गरेका थिए।

कवि पौडेल र उनकी जीवनसँगिनी कमला पौडेलको शुभविवाहको ४२औँ वर्ष प्रवेशको अवसरमा उपस्थित सबैले उनीहरूलाई शुभकामना दिएका थिए। कवि पौडेलले कृतिरचनाको अन्तर्कथा सुनाउँदै सबैलाई धन्यवाद दिएका थिए।

सिसारका सल्लाहकार मीनप्रसाद ज्ञवालीले सबैलाई धन्यवाद दिँदै   लेखकको साहित्यिक यात्राको पूर्ण शुभेच्छासहित ४८ वर्ष पुगेको सिसार अङ्क २३ को सन्दर्भ उल्लेख गर्दै सभा विसर्जन गरेका थिए।

प्रकाशित: १ जेष्ठ २०८३ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App