प्रगतिशील लेखक संघ, काभ्रेले स्रष्टा विशेषमा रामसुन्दर देउजाको कविता र मुक्तक वाचन कार्यक्रम गरेकाे छ।
प्रमुख अतिथि प्रगतिशील लेखक सघकी सल्लाहकार नर्मदेश्वरी सत्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले गरेका थिए।
कार्यक्रममा अन्य स्रष्टाहरुले पनि आआफ्नो सिर्जना प्रस्तुत गरेका थिए। कार्यक्रममा विशेष स्रष्टा रामसुन्दर देउजाले ५ कविता र ३ मुक्तक सुनाएका थिए।
प्रकाशित: २७ वैशाख २०८३ ०८:२७ आइतबार





