१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

काव्य शैलीमा आयो ‘परान’को टिजर

कार्तिक १४ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘परान’ को आइतबार टिजर सार्वजनिक भएको छ।

वरिष्ठ अभिनेता नीर शाहको जन्मदिनको अवसर पारेर सार्वजनिक भएको टिजरमा कवि नवराज पराजुलीको कविता उनकै आवाजमा प्रस्तुत गरिएको ।  

यसमा मुख्य भुमिकामा अभिनेता शाह छन्। टिजरमा मनोभावनालाई प्रमुख रुपमा प्रस्तुत गरेका छन्।

टिजरमा कविताको माध्यमबाट छोरा ईश्श्ररको उपहार मान्दै आफुले जसरी छोरालाई हुर्काए, बढाए त्यसरी नै छोरा जीवनको अन्त्य समयसम्मको साथमा रहन्छ भन्ने विश्वास देखाइएको छ ।  

नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रविन खतिवडा, अन्जना बराइली, बाल कलाकार आर्यदीप, बबिन राई, दमन रुपाखेती, यमन श्रेष्ठ, सीमा काफ्ले, विनोद रार्ईलगायतका कलाकारको अभिनय छ।

चलचित्र ‘परान’ मार्फत दिपक प्रसाद आचार्यले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन्। चलचित्रका गीतमा प्रमोद खनेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्।

देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको हो।

 

 

प्रकाशित: २६ आश्विन २०८२ १७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App