२ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

पोर्चुगलमा पनि प्रदर्शन हुँदै ‘परान’

दीपक आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।

परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको चलचित्रमा नीर शाह र अभिनेत्री केकी अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायतका कलाकारको अभिनय छ।

अब यो चलचित्र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ। पाँच जना युवाहरू मिलेर निर्माण भएको थैङ्क यू इन्टरटेनमेन्टको प्रस्तुतिमा वर्ष २०८२ को सबैभन्दा व्यावसायिक कमाइ गर्न सफल एवं हरेक नेपालीको प्राण र ढुकढुकी बन्न सफल नेपाली चलचित्र परान नेपालीहरूको उल्लेखनीय बसाइँ रहेको पोर्चुगल देशमा प्रदर्शनमा आउन लागेको हो।

पोर्चुगलको राजधानी लिस्बन अवस्थित क्याम्पो पिकेनोको सिनेमा सिटी हलमा डिसेम्बर १,२ र ३ तारिख साँझ ५ बजे प्रदर्शनी राखिएको छ।

प्रदर्शक थैङ्क यू इन्टरटेनमेन्टमा नेपाली चलचित्रमा आबद्ध कलाकार एवं समाजसेवी सन्तोष तामाङ, चलचित्र निर्देशक प्रवेश पौडेल, मोडल एवं रेस्टुरेन्ट व्यवसायी भावेश बस्नेत, रेस्टुरेन्ट व्यवसायी एवं समाजसेवी अनिल अधिकारी र समाजसेवी सन्जिब शाह छन्।

यो समूहले चलचित्र परानको प्रदर्शनी पश्चात् आगामी दिनहरूमा पनि नेपाली चलचित्रहरूको प्रदर्शनीमा निरन्तरता दिने र नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न पहल गरी नेपाली चलचित्र क्षेत्रलाई टेवा पुर्याउने लक्ष्य लिएको छ।

प्रकाशित: ८ मंसिर २०८२ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App