वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ को यतिबेला चर्चामा छ। यस फिल्मको गीत तथा ट्रेलर मेकिङको हिसावले यो फिल्म चर्चामा आएको हो। साथै यस फिल्ममा अभिनेत्री सुहाना थापा,सौगात मल्ल, प्रकाश सपुतको कडै अभिनय देखिन्छ।
अघिल्ला फिल्मको तुलनामा सुहानाको बिलकुलै फरक अभिनय छ। त्यसैले पनि होला फिल्मलाई लिएर निर्माण पक्ष आफ्नो कामप्रति दंग छ। फिल्मका निर्माता सुशील पोखरेलले आफूले निर्माण गरेको यो फिल्मले दर्शकमाझ एक सिकिमको छाप छोड्न सक्ने बताउँछन्।
उनी भन्छन्, ‘मैले धेरै फिल्म निर्माण गरेको छु। उनीहरूको तुलनामा हेर्ने हो भने यो फिल्म हेरेपछि दर्शकमाझ छाप बस्छ भन्नेमा म ढुक्क छु।’
निर्माण पोखरेल मात्र होइन यसका निर्देशक लक्ष्मण सुनारको पनि उस्तै छन्। यस कारण यो फिल्मले नेपाली फिल्म क्षेत्रमा पहिलो पटक निर्देशक र निर्माताले प्रस्तुत गरेको बिलकुलै नयाँ मेकिङ स्टाइलले दर्शकमाझ उत्सुकता झनै बढाएको टिजर तथा गीतमार्फत थाहा पाउन सकिन्छ।
निर्माण पोखरेल भन्छन्, ‘यो फिल्म केवल कथा होइन, प्रस्तुतीकरणकै हिसाबले पनि फरक र विशेष अनुभव दिन्छ।’
अझ रोचक कुरा के छ भने, यस फिल्ममा संलग्न सम्पूर्ण कलाकारले पहिलो पटक स्क्रिन शेयर गरेका छन्। उनीहरूले यसअघि कुनै फिल्ममा सहकार्य गरेका छैनन्। त्यस कारण पनि पर्दामा देखिने उनीहरूको केमेस्ट्री एकदमै फ्रेश, प्राकृतिक र मन छुने खालको हुने अपेक्षा गरिएको छ।
यस फिल्मका लेखक सुशील देवकोटा आफूले लेखेको भन्दा फरक कथाको फिल्म निर्माण भएको दाबी गर्छन्। उनी भन्छन्,‘‘परालको आगो’ केवल एउटा फिल्म होइन। नयाँ प्रयोग,नयाँ ऊर्जा र नयाँ अनुभूतिको संगम हो, जुन हेर्न दर्शकहरूलाई अवश्य पनि छुटाउनु नहुनेछ।’
गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथा आफैँमा बुलन्द छ। सोही कथामा समिक्षाका हिसावले अब्बल मानिएको फिल्म ‘बुलाकी’ फेम्ड निर्देशन लक्ष्मण सुनारको काम त्यसै पनि अब्बल हुन्छ।
यता कमर्शियल रूपमा सफल फिल्मका निर्माता सुशील पोखरेल जुनसुकै कथामा फिल्म निर्माण गर्दैनन्। उनले लगानी गरेका अधिकांश फिल्म सफल छन्। उनले ‘परदेशी, मैदान, जीवनदाता, जय शिव शंकर, निगरानी, बडीगार्ड, लभसब र राधे लगायत फिल्ममा लगानी गरेका थिए। जुन त्यो समयमा यो फिल्म हेरेका दर्शकले बिर्सेका छैनन्। त्यस कारण पनि यो फिल्मले पछिल्लो समय दर्शकमाझ सर्वत्र चासो र कौतुहल जागेको देख्न सकिन्छ।
प्रकाशित: ३ वैशाख २०८३ ०७:५४ बिहीबार





