२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

हाम्रो मेहनतले न्याय पाउँछ, अदालतको सकारात्मक फैसलाप्रति आशावादी छु: अभयराज बराल

रिलिजको तयारीमा रहेको चलचित्र लालीबजार अन्तिममा आएर अदालतको आदेशपछि रोकिएको छ । प्रदर्शनको मुखैमा पाटन उच्च अदालतको अल्पकालीन आदेश जारी भएपछि कलाकार आन्दोलनमै उत्रिएका छन् ।

कलाकारले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् भने बुधबार माइतीघर मण्डलामा कालोपट्टी बाँधेर खबरदारी गरे ।

लालीबजारका कलाकार अभय राज बराल अदालतको आदेश मान्नेको बताउँदै यस्तो अवस्थामा आएको आदेशले खिन्न भएको बताउँछन् । लालीबजारकै विषयलाई लिएर भएको प्रदर्शनका क्रममा उनी बुधबार माइतीघर मण्डाला भने पुगेनन् । उनले भने, 'म  स्वास्थ्य तथा केही व्यक्तिगत केही कारणवश माइतीघर मण्डलाको आन्दोलनमा सहभागी हुन सकिँन तर मेरो विरोध जारी छ । यो समस्याको समाधान चाँडो हुनेमा विश्वस्त पनि छु ।’

फिल्ममा आफूले गरेको मेहनतलाई स्मरण गर्दै उनले जोखिम मोलेर चलचित्र तयार भएको बताए । बरालले भने, ‘यहाँ टिमको लगानी हुन्छ उक्त घटनाले चलचित्र क्षेत्रमा जोखिम सिर्जना भएको छ। अब अर्को कुनै नयाँ कथा भन्दा फेरि रोकिने हो कि बिना जाँचबुझ गरी रोक्यो भने करोडौंको लगानी फस्यो, भोलिको नयाँ निर्मातालाई उक्त घटनाले डर सिर्जना गरेको छ।'

उनले अदालत तथा न्याय व्यवस्था प्रति आशा व्यक्त गर्दै थपे-' हाम्रो मेहनतले न्याय पाउँछ, अदालतको सकारात्मक फैसलाप्रति आशावादी छु।' 

प्रकाशित: १६ वैशाख २०८३ २१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App