२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

निर्वाचनको नतिजापछि छायांकनको सेटमा फर्किइन् निशा

अभिनेत्री तथा काठमाडौं क्षेत्र ५ बाट उम्मेदवारी दिएकी निशा अधिकारी चुनावी परिणामपछि पुनः आफ्नो पुरानो काममा फर्किएकी छिन्।

काठमाडौं–५ बाट परिणाम अपेक्षित नभएपछि उनी पराजित भइन्। उनले जम्मा ९१ मत प्राप्त गरेकी थिइन्। चुनावी नतिजा जस्तो आए पनि हार–जितलाई बिर्सिँदै उनी यति बेला चलचित्र ‘कस्तुरी’ को छायांकन सेटमा पुगेकी छिन्।

चुनावसम्म मलाई पर्खेर बस्नु भएका भन्दै अधिकारी लेख्छिन्–‘आजदेखि ‘कस्तुरी’को सुटिङमा व्यस्त हुँदैछु। चुनावसम्म मलाई पर्खेर बस्नु भएकोमा ‘कस्तुरी’ टिमप्रति हार्दिक धन्यवाद।' 

उनले थप भनेकी छिन्, 'मेरो पहिलो को–स्टार भएकाले होला, निखिल उप्रेती दाइसँगका कुरा जहिले पनि मिठा लाग्छन्। पहिलो फिल्मको पहिलो को–स्टार‘ अहिलेसम्म पनि सँगै काम गरिरहन पाएकोमा एकदमै खुसी लाग्छ।'

अर्को तर्फ उनी लेख्छिन्– 'राजनीति मेरो लागि पदको यात्रा होइन, सेवा, मूल्यमान्यता र जिम्मेवारीको यात्रा हो। यो यात्रा यहाँ समाप्त भएको छैन। यो त केवल अर्को अध्यायको सुरुवात हो।'

उनले भविष्यमा काठमाडौँ ५ बाट महिला प्रतिनिधि संसदमा पुग्ने सपना अझै जीवित रहेको उल्लेख गरेकी छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App