२१ मंसिर २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

बालेन र हर्कलाई निश्चल बस्नेतको सुझाव: एकजुट हुनुहोस्

काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह बालेन र धरान उपमहानगरपालिकामा मेयर हर्क साङपाङ सामाजिक सञ्जालको प्रयोगबाट चर्चामा आउने गर्छन् । नेपालीको चाहना भने सामाजिक सञ्जालको स्टाटसभन्दा काम गरेर देशमा परिवर्तनको सन्देश दिने पात्रका रुपमा बालेन र हर्कलाई हेर्न चाहन्छन् । त्यसैले उनीहरूलाई विभिन्न सुझाव पनि आउने गरेको छ । यही सन्दर्भमा चलचित्र निर्देशक निश्चल बस्नेतले बालेन र हर्क सम्पाङलाई एक ठाउँमा उभिन सुझाउँदै उनीहरूसँगको अपेक्षा उल्लेख गरेका छन् ।  

फेसबुकमार्फत उनले दुवैलाई एक ठाउँमा उभिन सुझाएका छन् । हर्क साम्पाङको लागि भोट माग्ने आफू पनि एक भएको भन्दै उनले फेसबुकमार्फत भनेका छन्, ‘प्रिय हर्क सर ,

बिन्ती गर्छु देश र शहिद भाईबहिनीहरु सम्झेर दुवैजना(बालेन र हर्क) एक ठाउमा आईदिनुस । अरुको कुरा सुनेर आवेग हैन , एक अर्काको कुरा सुनेर योजना बुन्नुस् ।’

हर्कजस्तो देशभक्त जनसेवकले सरकार चलाउन् र आउने पुस्तालाई देशको फेरिएको स्वरूप देखाओस् भनेर जेनजीले परिवर्तन ल्याएको समेत बस्नेतको भनाइ छ । साथै बालेनप्रति फैलाइएका नकारात्मक कुराहरूको प्रमाण हल्ला फैलाउनेहरूसँग माग्न पनि बालेन समर्थकलाई अपिल गरका छन् ।

‘प्रमाण भएपछि सँगै जाउँला मुद्दा दर्ता गर्न । बालेनको देशप्रतिको माया उसको फेसबुक स्टाटसमा मात्र नखोज्नुहोला,’ बस्नेतले भनेका छन्, ‘बालेन आफू बद्नाम हुन तयार छ तर, देश बद्नाम हुने कुनैपनि तत्वसँग मिल्दैन । देशलाई माया गर्ने तपाई हामीबीचकै मान्छे हो बालेन । मेरो विश्वास हो बालेन ।’

प्रकाशित: २३ आश्विन २०८२ २०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App