गीतकार निरुपम श्रेष्ठले सांगीतिक बजारमा ‘कुमारी माया’ गीतसंग्रह ल्याएका छन्।
गीतमा मायाप्रेम, दर्शन, जीवन, वियोग, देशप्रेम जस्ता विविध विषयका ७८ गीत सङ्गृहीत छन्। उमाकुमारी श्रेष्ठले प्रकाशनमा ल्याएकाे उक्त संग्रहले प्राडा गीतकार कृष्णहरि बरालकाे समालाेचकीय मन्तव्यले पठनीय बनेकाे छ।
त्यस्तै कृतिमा दिनेश अधिकारी, राजेन्द्र थापा, प्रकाश सायमी र राजु सिंहकाे मन्तव्य पनि रहेकाे छ।
यसअघि नै गीतकार निरुपमकाे जीवन, खोज्दा नि, तिम्रो मीठो मुस्कान, तिम्रो नजरको, कसैलाई फालाफाल भो, मायालु भाकाले जस्ता म्युजिक भिडियाे बजारमा ल्याएका थिए।
यसअघि बाबुराम श्रेष्ठ ‘यात्री’ काे नाममा उनका कवितासंग्रह देश स्वप्न (२०६३) र बूढो समय (२०७९) प्रकाशित छन्। रामबहादुर श्रेष्ठ र लक्ष्मीकुमारी श्रेष्ठको सुपुत्रका रूपमा गोलाञ्जर-५, विजयछाप सिन्धुलीमा जन्मिएका उनी शिक्षण पेसामा संलग्न छन्।
गीत, कविता, कथा जस्ता साहित्यका विविध विधामा उनी उत्तिकै कलम चलाउँछन्।
प्रकाशित: १९ मंसिर २०८२ ०८:१७ शुक्रबार





