१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘अभिमन्यु: च्याप्टर १’ को नयाँ गीत रिलिज

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले…’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो।

गीतमा सुरेश बादलको शब्द रहेको छ। सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ।

प्रेममा लीन भएको प्रेम जोडीको प्रेम गीतमा समेटिएको छ। प्रेममा परेको जोडी प्रेमबिना बाँच्न सक्ने अवस्थामा नरहेको तर मर्न पनि नसक्ने अवस्था गीतले चित्रण गरेको छ।

बाहिर देख्दा कठोर देखिने व्यक्तिको हृदय कोमल हुने भन्दै गीतले एकले अर्काको मनमा बसेको विषय उल्लेख गरेको छ। प्रेमिल गीतले सिनेमाका दुई मुख्य पात्रको प्रेम देखाएको छ।

भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको प्रेम देखाइएको छ।

असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदैछ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन्।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ।

प्रकाशित: १८ आश्विन २०८२ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App