चलचित्रले समाजलाई एउटा प्रतिविम्ब देखाउने काम गर्दछ। यसले केही क्षणलाई भएपनि कल्पनाको छुटै संसारमा पुर्याउँछ ।
कहिलेकाहीँ चलचित्रले समाजको वास्तविकता र यर्थाथबाट मानिसलाई परिचय गराउने गर्छ भने, कहिले यसले कल्पनाको अलग्गै संसारमा लैजाने गर्दछ। चलचित्रले भावनात्मक अभिव्यक्ति महसुस गराउँछ।
तर वर्तमानमा नेपाली चलचित्र विदेशमा रमाउने क्रम बढ्दो छ। स्वदेशमै पूर्ण रुपमा सबै हलमा नचलेका चलचित्र पनि विदेशमा प्रदर्शन हुने गर्छन् ।
जस्तै चलचित्र ‘परान’ हेर्न कयौँ चलचित्र प्रेमी गाँउबाट शहर आउ । चलचित्रले तान्यो कि पूर्वाधारले कारण थियो फिल्म लाग्ने हल खोज्न शहर पुग्नुपर्ने बाध्यता छ । चलचित्र विकास बोर्डमा अनुसार देशमा अहिले ४५० भन्दा बढी हल छन्। तर चलेका भने १७० मात्रै छन् ।
अहिले नेपालमा लाग्नेभन्दा विदेशमा लाग्ने चलचित्र धेर छन् । चलचित्र ‘धागो’, वैशाख २६ गते प्रदर्शन भइसकेको चलचित्र ‘ऊनको स्विटर’, ‘पीआर’, ‘आ बाट आमा’, ‘मन बिनाको धन’, ‘अभिमन्यु’ ‘जारी २’ लगायतमा चलचित्र भारत, जापान, कतार, साउदी अरब, मलेसिया, दक्षिण कोरिया, अस्ट्रेलिया, न्यूजिल्यान्डलगायतका देशमा प्रदर्शन भइरहेका छन् ।
निर्माण टोली पनि स्वदेशका दर्शक तान्नुको साटो विदेशका हलमा फिल्म लाग्यो भन्ने खुसी साट्न पाउँदा आनन्दित हुन्छ्न ।
विदेशमा हुने नेपालीको मागले विदेशका हलमा फिल्म लगाएको भन्ने तर्क बाहेक उनीहरूले केही भन्दैनन् । तर निर्माताले नेपालमै फिल्म फेर्ने वातावरण बनाउन र नेपालीलाई हल सम्म पुर्याउने अवस्था सिर्जना गर्न पहलकदमी बढाउन आवश्यक देखिन्छ ।
प्रकाशित: ५ मंसिर २०८२ १८:०३ शुक्रबार





