१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘जेरी अन टप’को क्यानडा वितरण प्रचार नेपालले गर्ने

प्रचार नेपाल प्रालिले नेपाली चलचित्र ‘जेरी अन टप’को क्यानडा वितरण अधिकार प्राप्त गरेको छ।

शुक्रबार प्रचार नेपालका निर्देशक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। प्रचारका अनुसार दर्शकको मागअनुसार क्यानडामा चलचित्रको बुकिङ सुरु भइसकेको छ।

प्रचारले यसअघि पनि क्यानडामा पूर्णबहादुरको सारंगी, तेल भिसा, छक्का पञ्जा ५ र ह्रस्व दीर्घ जस्ता चलचित्र वितरण गरेर प्रदर्शन गरिसकेको छ।

संस्थाका साजनजंग पाण्डेका अनुसार नोभेम्बर १ बाट क्यानडाका मुख्य शहरहरूमा चलचित्र प्रदर्शन हुनेछ।

अनमोल केसी, जसिता गुरूङ र आँचल शर्माको अभिनय रहेको चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेदेखि देशभर प्रदर्शनमा आएको हो। दोस्रो सातासम्म पनि हलहरू ‘हाउसफुल’ रहेको निर्माता थापाको दाबी छ।

चलचित्रले हालसम्म ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको र ७५ हजार दर्शकले हेरेको जानकारी प्रस्तुतकर्ता सरोज न्यौपानेले दिएका छन्। यो चलचित्र अमेरिका, अष्ट्रेलिया र माल्टामा समेत प्रदर्शन भइसकेको छ।

सुयोग गुरूङको निर्देशनमा बनेको चलचित्रले सगरमाथा आरोहणका क्रममा विकसित प्रेमकथालाई मुख्य विषयवस्तु बनाएको छ। भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्त पनि चलचित्रमा देखिएका छन्।

प्रकाशित: ८ कार्तिक २०८२ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App