नेपाल स्रष्टा समाजको,बागमती प्रदेश तदर्थ समिति गठन भएको छ। शंकर भारतीको संयोजकत्वमा शुष्मा आचार्य, एलिसा ढुंगाना, सुशिल रिजाल, उद्धव सापकोटा, सत्या अधिकारी र उषा केसी सदस्य रहेको समिति गठन गरिएको हो।
समाज केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र सदस्य मधु पाठकको उपस्थितिमा उक्त समिति गठन गरिएको हो।
केन्द्रीय समितिको मिति २०८३ बैशाख २२ गते बसेको बैठकले निर्णयले समाजका केन्द्रीय कार्यसमितिका सदश्य शङ्कर भारतीलाई संयोजक तोकेको थियो।
तदर्थ समितिले तीन महिनाभित्र प्रदेशको अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी पाएको शंकर भारतीले बताए।
परिवर्तित प्रशासनिक संरचनामा नेपाल स्रष्टा समाजले पनि सातै प्रदेशमा आफ्ना प्रदेश समितिहरू विस्तार गर्ने क्रममा ६ प्रदेशमा समितिहरू क्रियाशील भैसकेको जानकारी अध्यक्ष रोदनले बताए।
प्रकाशित: २८ वैशाख २०८३ १०:४१ सोमबार





