२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

स्रष्टा समाजको सद्भाव यात्रा

नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिले आशापुरेश्वर संरक्षण समितिसँग साहित्यिक सद्भाव आदानप्रदान गरेकाे छ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन' ले सुन्दर प्राकृतिक र धार्मिक महत्त्वको पावन भूमिमा साहित्यिक गतिविधि गर्न पाउनु उल्लेख्य कुरा भएको भन्दै समाजले आगामी दिनमा साहित्यलाई आध्यात्मसँग जोडेर गतिविधि गर्न दुवै संस्था जोडिने बताए।

समाजका संरक्षक पवन आलोकले समाजबारे जानकारी दिए।

आशापुरेश्वर मन्दिर परिसरमा शनिबार आयोजित कार्यक्रममा तारा सुवेदी, मधु पाठक, डा. शान्तिमाया गिरी, प्रदीप सापकोटा, रञ्जना निरौला,चेतनपथ माधव, लोकनाथ सापकोटाले आआफ्ना रचना प्रस्तुत गरेका थिए।

आशापुरेश्वर संरक्षण समितिका सचिवले कार्यक्रम सञ्चालन गर्दै लोकनाथ सापकोटाले आशापुरेश्वरको धार्मिक महिमा बताए।

समितिका सदस्य उषा केसी महतले स्वागत मन्तव्य व्यक्त गरिन्। कार्यक्रमको अध्यक्षता समितिका उपाध्यक्ष सरोजकुमार तामाङले गरे।

कार्यक्रममा समाजका महासचिव प्रकाश घायल, सदस्य शंकर भारती सहित संरक्षण समितिका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित: २८ असार २०८३ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App