२५ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

भानुजयन्तीकाे अवसरमा ‘कठै’ कथासंङ्ग्रह सार्वजनिक

<br>

भानुजयन्तीको अवसरमा कथाकार श्यामप्रसाद श्रेष्ठको ‘कठै’ कथासंङ्ग्रहको सार्वजनिक गरिएकाे छ।

ड्यालसस्थित कृष्ण प्रणामी हिन्दू समाजको आयोजनामा संस्थाको अध्यक्ष  दिपक ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा विशेष अतिथिको रूपमा नेपाली समाज टेक्सासको अध्यक्ष राजेन्द्र वाग्ले, एनसिआइसिको कोषाध्यक्ष दिनेश न्यौपाने, लघुकथा केन्द्र नेपालको अध्यक्ष लता केसी, अतिथिहरूमा एनसिआइसिको सल्लाहकार भुवन आचार्य, एभरेस्ट क्रेडिट्युनियनको डाइरेक्टर डा. मिलन पौडेल, डि एफ डब्लु एस के पि एच एस टि को बोर्ड अफ ट्रस्टीको अध्यक्ष नुरनाथ सुवेदी, लघुकथाकार विवेक शर्मा गौतम लगायतको सहभागिता भएको थियो।

आयोजक संस्थाको निवर्तमान अध्यक्ष राजेन्द्र वाग्लेले पुस्तकबारे संक्षिप्त चर्चा गरेका थिए।

सुवास दंगालले चलाएकाे कार्यक्रममा लघुकथा केन्द्रको अध्यक्ष लता केसीले लघुकथा लेखन विधिबारे मन्तव्य प्रस्तुत गरेकी थिइन्। लघुकथाकार विवेक शर्मा गौतमले लघुकथा, गजलकार डा. सुनिल खनालले गजल र कवि सुवास दंगाल र सागर खतिवडाले कविता वाचन गरेका थिए।

कार्यक्रममा राजेन्द्र वाग्ले, नुरनाथ सुवेदी र पुस्तकको कृतिकार श्यामप्रसाद श्रेष्ठ आदिले मन्तव्य राखेका थिए।

प्रकाशित: ३० असार २०८२ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App