९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

१० रुपैयाँको फिटकिरीबाट करोडौं कमाउँदै नेहा

भारतीय कलाकार नेहा मर्दा जसले आफ्नो पहिचान कलाकारसम्म मात्र सीमित राखिनन्। उनी एक सफल व्यवसायीको रूपमा आफ्नो परिचय बनाएकी छिन्।

दश रुपैयाँको फिटकिरीबाट करोडौंको व्यवसाय उनले निर्माण गरेकी छिन्। भाइ र श्रीमानसँग ‘फिट्कु’ नामक व्यवसाय सुरु गरिएको हाल उनी फिटकिरीबाट ‘अन्डरआर्म रोल–अन’ उत्पादन गर्ने कम्पनी चलाउँदै छिन्। नेहाले आफ्नो व्यवसाय शार्क ट्याङ्क इन्डियामा प्रस्तुत गरेकी थिइन्। आफ्नो व्यावसायिक विचार प्रकट गर्दै उनले भनिन्, ‘मेरो गर्भावस्थापछि, मैले महसुस गरेँ कि मेरो शरीरबाट अनौठो गन्ध आउन थाल्यो।’

उनी थप्छिन्, ‘कि मैले बजारमा भएका हरेक अर्गानिक उत्पादन खोजेँ, तर फेला पार्न सकिनँ। त्यसपछि मसँग अर्को विकल्प नभएकाले डिओडोरन्ट (शरीरबाट आउने पसिनाको गन्ध कम गरिने वस्तु) प्रयोग गरिरहेँ। सार्वजनिक व्यक्तित्व भएको हिसाबले, यो मेरो लागि धेरै तनावको कुरा हो, तर कोही पनि यसको बारेमा कुरा गर्न चाहँदैनन्।’

नेहाले १० महिनाभित्र आफ्नो ब्रान्डले २ लाख ग्राहकहरू बनाएको बताइन्। उनको अनुसार मासिक आम्दानी २ करोड भारु छ। उनको कम्पनी हरेक दिन बढ्दै गइरहेको छ। हालै उनको ब्रान्डको इन्स्टाग्राम पेजले पनि २ करोड ४५ लाख भ्यूज प्राप्त गरेको छ। उनको कुरा सुनेपछि शार्क अमन र अनुपममित्तलले उनलाई एक प्रतिशत इक्विटीमा १.८ करोड रुपैयाँको सम्झौता प्रस्ताव गरिन्, जुन उनले खुसीसाथ स्वीकार गरिन्।

उनले यो व्यवसाय सुरु गर्नु अघि तीन वर्षसम्म अनुसन्धान गरिन्। नेहाको अनुसार डिओडोरेन्टले शरीरको गन्ध मात्र हटाउँदैन तर ब्याक्टेरियासँग पनि लड्छ।

अर्को तर्फ भने उनको ब्रान्डको 'फिटीकरी रोल-आन' प्रोडक्टको मूल्य एक्कासि ९९ रुपैयाँदेखी ९९९ रुपैयाँ पुगेपछि सामाजिक सन्जालमा धेरै ट्रोल भएको चर्चा गरिएको छ। मानिसहरूले 'साधारण फिटाकरीलाई महँगो प्याकेजिङ गरेर बेचिएको' भन्दै आलोचना गरेका छन्।

रेडिट जस्ता प्लेटफर्ममा पनि धेरै प्रयोगकर्ताहरूले प्रोडक्टको दाबी र मूल्यबारे प्रश्न उठाएका छन्। केहीले सामान्य फिटकरी सस्तोमै पाइन्छ भनेका छन् भने केहीले मार्केटिङलाई बढी हाइप गरिएको बताएका छन्।

प्रकाशित: २ जेष्ठ २०८३ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App