२४ मंसिर २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

बेलायतमा पहिलो पटक गुन्जिँदै ‘मंगोलियन हर्ट’

लोकप्रिय नेपाली पप ब्याण्ड ‘मंगोलियन हर्ट’ ले पहिलो पटक बेलायतमा सांगेतिक कार्यक्रम गर्ने भएको छ। त्यसका लागि बुधबार बेलायत प्रस्थान गर्ने तयारी मंगोलियन हर्टको छ। कार्यक्रम डिसेम्बर १३ मा लन्डनको ह्यारो सेन्टर सहरमा हुने छ।

राजु लामासहित ब्यान्डमा सदस्यहरू बबी लामा, (रिदम गिटार), सन्तोष थापा मगर (ड्रम), भुपेन्द्र बज्राचार्य (लिड गिटार), पवन कपाली (बेस), विनय महर्जन (बाँसुरी) र बाबुराजा महर्जन (मादल) छन् ।  

तीन दशकभन्दा बढी समयदेखि गीतसंगीतमा सक्रिय मंगोलियन हार्ट सन् १९९२ मा स्थापना भएको हो। मंगोलियन हार्टले लोक, स्लो रक, पप मेलोडीलगायत विधामा आफ्नो प्रस्तुती दिँदै आएको छ।  

जीटी बेस इन्टरटेन्मेन्टले आयोजना गर्ने कन्सर्टमा ब्यान्डका चर्चित गीत पस्कनेछन् ।

प्रकाशित: २३ मंसिर २०८२ १७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App