४ भाइ इन्टरटेन्मेटको प्रस्तुतीमा मेरील्याण्डको गेथेस्बर्गमा नेपाली चलचित्रका सुपर स्टार नायक प्रदीप खड्कासँग ‘मिट एण्ड ग्रीट विथ प्रदीप खड्का’ कार्यक्रम भएको छ। करीब ७०–८० जनाको खड्कासँग उनको फिल्मी क्यारियर, व्यक्तिगत जीवनीबारे बुझ्ने मौका उपस्थितले पाए।
उक्त कार्यक्रमा दर्शकहरूले नायक प्रदीप र उनको चलचित्र क्षेत्रमा योगदानबारे प्रश्नोत्तर समेतको भिड थामीनसक्नु थियो। त्यस्तै उनीसँग फोटो खिच्ने एवं टिक टक बनाउनेको पनि उस्तै भिड थियो।
“यो माया र साथ अनि नेपाली कलाप्रेमी सन्सारभर फैलिएको र आफूले पाएको सम्मान र साथले झन आफूलाई भावुक बनाएको छ “ अभिनेता प्रदीप खड्काले भने। “कलाकारप्रतिको यो सम्मानले आफूमा झन् जोश एवं जिम्मेवारी थपिएको अनुभूति भएको छ “ उनले थपे।
उपस्थित नेपाली कलाप्रेमीहरूले पनि परदेशमा आफ्नो कला र कलाधर्मीसँग भेट्न पाउँदा खुशी लागेको भन्दै आयोजक ४ भाइ इन्टरटेन्मेटलाई धन्यवाद पनि दिए।
मेरील्याण्डको गेथेस्बर्गमा यो कार्यक्रम हामिले पहिलो पटक आयोजना गरेका हौ र यसबाट हामिले कार्यक्रम सफल पनि बनाएउ नेपाली कलाकार र कलालाई सन्सारभर चिनाउने पहिको कदममा हामिले सफलाता हात पारेउ, हामी खुशी छौं “कार्यक्रम आयोजक ४ भाइ इन्टरटेनमेन्टका प्रमुख दिवश बनले भने।
नेपाली चलचित्रका चर्चित प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाको संयोजनमा भएको उक्त कार्यक्रममा रियल्टर सन्तोष कोइराला लगाएकाले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सफलताले हौसिएका ४ भाइ इन्टरटेन्टमेन्टका प्रमुखमध्येका एक उत्सव रिमालले अब चाडै नै डि.एम. भी. एटीमा लक्षित बृहत रूपमा सांगितिक कार्यक्रमको तयारीमा रहेको पनि जानकारी दिए।
प्रकाशित: ९ भाद्र २०८२ १०:३१ सोमबार





