प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिहीबार देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म ४४ लाखभन्दा बढी मत खसेको छ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १ बजेसम्म कुल ४४ लाख ५५ हजार ७९० मत खसेको हो।
सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा १ बजेसम्म करिब ३६ प्रतिशत मत खसेको आयोगले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १३:४८ बिहीबार





