२० माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

गीतकार नारायण खतिवडाले ल्याए ‘खुशी’

गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको संगीत र कुन्ती मोक्तानको स्वर रहेको भजन गीत ‘खुशी’ नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको छ।

गीतमा मानिसहरू खुशी हुन आफूले आत्मचिन्तन गर्नुपर्ने भाव छ। त्यसको सजिलो बाटो भगवानप्रतिको चिन्तनले सम्भव हुने बताइएको छ तर भगवानप्रति विश्वास नगर्नेले भने आत्मचिन्तनबाटै आन्तरिक खुशी हुन सकिने भाव समेत समेटिएको छ।

आजभोलिको भागदाैड, व्यस्तता तथा भौतिकवादी चिन्तनबाट भौतिक सुख पाए पनि मानिस सुखी र खुशी बन्न सकेको छैन। त्यसका लागि भौतिक सुखका साथै आध्यात्मिक चिन्तन बिचको सन्तुलन हुनुपर्ने गीतको भाव छ।

उक्त सन्देशमूलक भजनमा अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय छ। सन्तोष मगर र ईश्वर राईले गीतको भिडियोको कोरियोग्राफी गरेका हुन्। त्यस्तै सनम तामाङले दृष्य सम्पादन गरेका छन्।

खतिवडाका सम्झनाका पाइलाहरू, बहार जस्ता गीति पुस्तक, ढुकढुकी एल्बम प्रकाशन भएका छन् भने धेरै  गीत र भिडियो पनि आइसकेका छन्। सार्वजनिक भएको भजनको म्युजिक भिडियोमा गीतकार खतिवडा आफैले निर्देशन गरेका छन्।

प्रकाशित: २२ आश्विन २०८२ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App