प्राज्ञिक बुक्सकाे आयाेजनामा साहित्यकार डा. नवराज रिजालकाे ‘नेपाली साहित्यका पच्चीस सर्जक’ सडक लाेकार्पण भएकाे छ।
पुस्तक तन्नेरी पत्रिकाले प्रकाशन गरेकाे हाे। पुस्तकका बारेमा आफ्नाे मन्तव्य राख्दै लेखक डा. नवराज रिजालले नेपाली साहित्यका विशिष्ट व्यक्तित्वहरूले नेपाली साहित्यमा पुर्याएकाे याेगदानबारे लिपिबद्द गरी आउने पुस्ताका लागि दस्तावेजीकरण गरिएकाे बताए। पुस्तकले नयाँ पुराना सबै पुस्ताका लागि निकै महत्त्वपूर्ण कृति रहेकाे धारणा राख्दै शृङ्खला अभियानका सदस्य राजाराम बर्ताैलाले सर्जक रिजालले निकै महत्त्वका साथ कृति तयार गरेकाे बताए।
त्यस्तै कृति र कृतिकारलाई बधाई दिँदै पत्रकार शन्तराम बिडारीले नेपाली साहित्य र पत्रकारिताकाे चर्चा गरेका थिए।
पत्रकार तथा साहित्यकार शरद प्रधानले डा. रिजालले इतिहासलाई जीवन्त राख्ने कार्य गरेकाे बताए।
अनुसन्धान विमर्श नेपालका अध्यक्ष तथा सडक लाेकार्पण शृङ्खलाका महासचिव बद्रीप्रसाद ढकालले याे चाैधाै शृङ्खलामा अन्त्यन्त महत्त्वपूर्ण कृति लाेकार्पण गर्न सकिएकाेमा शृङ्खलाका अध्यक्ष डा. रिजाललाई बधाइ दिँदै शृङ्खलाकाे निरन्तरताका सबै स्रष्टा सर्जकमा अभियान साथ रहेकाे धारणा व्यक्त गरेका थिए।
प्रकाशित: ५ वैशाख २०८३ १२:४७ शनिबार





