३० श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

शुक्रबारदेखि प्रदर्शनमा ‘लज्जावती’

प्रेम कथामा आधारित राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्र 'लज्जावती’ शुक्रबारदेखि प्रदर्शन आएको छ।

शोलो प्रदर्शनमा आएको उक्त चलचित्रको निर्माण टिमका अनुसार चलचित्रले देशभर करिब एक सय शो पाएको छ।

चलचित्रमा मुकुन भुसाल, श्री कृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्मा मुख्य भूमिकामा छन्। चलचित्रमा केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता हुन्।

प्रकाशित: २९ श्रावण २०८३ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App