२५ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

नेपाल भाषा चिबाखं साहित्यकाे ‘ख्वाःपौ’ लाेकार्पण

नेपाल भाषा चिबाखं साहित्यले नेपाल भाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित ‘ख्वाःपौ’ मुखपत्रकाे लाेकार्पण गरेकाे छ।

नरेश अमात्य, ध्रुव मधिकर्मी, केदार सितु, विमल ताम्राकार, सुरेन्द्रलाल भुजु, रिता महर्जन र दिव्या बज्राचार्यले ‘ख्वाःपौ’ काे लाेकार्पण गरेका थिए।

नेपाल भाषा चिबाखं साहित्यले आयाेजनामा पाटन संग्रहालय, केशवनारायण चोकमा भएकाे कार्यक्रममा लघुकथा वाचन पनि गरिएकाे थियाे।

नेपाल भाषा चिबाखं साहित्यका संयोजन नरेश अमात्यले शब्द मार्फत उपस्थित जनलाई स्वागत गरेका थिए।

समीक्षक तथा नेपालभाषा चिबाखं साहित्यमा नियमित योगदान दिंदै आएका व्यक्तित्वले गरेका थिए।

शान्तराज शाक्य तुल्सी साय्‌मि, नरेश महर्जन, पुष्पराज कर्णिकार, पूर्ण ताम्राकार, सुधीर ख्वबि र दीपक ख्वपलाई सम्मान अर्पिएकाे थियाे।

विष्णुकेशरी ताम्राकार, तेज हमाल, रामेश श्रेष्ठ, कविन्द्रलाल प्रधान, मचाकाजी महर्जन, हरिगोविन्द भोमीले लघुकथा वाचन गरेका थिए।

डा. पुष्पराज राजकर्णिकार नेपाल भाषा चिबाखं साहित्यबारे मन्तव्य प्रस्तुत गरेका थिए। त्यस्तै पूर्णकाजी ताम्राकार र ध्रुव मधिकर्मीले लाेकार्पित कृतिकाे समालोचनात्मक टिप्पणी गरेका थिए।

प्रकाशित: २५ माघ २०८२ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App