२ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

केहरको नयाँ गीत 'झ्यालैमा' सार्वजनिक

युवा पुस्तामा रुचाइका गायक केहर सिंह लिम्बूले नयाँ गीत सार्वजनिक गरेका छन्।

शनिबार यूट्युबबाट सार्वजनिक गरेको लिम्बूको नयाँ गीत झ्यालैमा दर्शकको रोजाइमा परेको छ । गीत अपलोड भएको २४ घण्टा नबित्दै तीन लाख दर्शकले हेरेका छन् । गीत हेरेसँगै धेरै प्रतिक्रिया पनि आएका छन् ।  

लिम्बूको एकल स्वर रहेको यो गीतमा गायक लिम्बूसँगै मीना योसीदा गुरुङको अभिनय छ ।  

प्रेम कहानी झल्कने गीत काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको छ ।  

लिम्बूले यसअघि ल्याएको गीत ‘बैगुनी’लाई पनि दर्शकको उल्लेख्य साथ थियो । ‘सरर सरर..’ बोलको अर्को गीतले एक करोड भ्यूज कटाएको छ । 

प्रकाशित: २६ आश्विन २०८२ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App