जीरो फिगर ट्रेन्डमा ल्याउने करीना कपुर आज आफ्नो ४५ औँ जन्मदिन मनाउँदै छिन्। एकताका निक्कै चर्चा कमाएकी अभिनेत्री करीनाको पछिल्लो समय कस्तो चलिरहेको छ त्यो चासोको विषय छ ।
आफ्नो उमेर भन्दा १० वर्ष जेठो विवाहित मुस्लिम सैफ अली खानसँग बिहे गरेपछि वर्षौँ चर्चामा रहेकी बलिउड अभिनेत्री करीनाको जन्म २१ सेप्टेम्बर १९८० मा मुम्बईमा भएको हो।
पछिल्लो २५ वर्षदेखि बलिउडमा आफ्नो सफल पहिचान बनाएकी करीना, धरै पटक विवादमा आएकी छिन्। चाहे त्यो नेपोटिज्ममा होस्, सैफसँगको विवहमा वा छोरा तैमुरको नाममा धेरै पटक विवादमा आइसकेकी छिन्।
करीनाले सुरुमा कानुन पढ्ने निर्णय गरेकी थिइन् तर अभिनयप्रति बढी रुचीका कारण उनी चलचित्र तिर लागिन्। राजकपुरकी नातिनी भएका कारण उनले चलचित्र इन्डस्ट्रीमा सहजै प्रवेश पाइन्। करीना १९ वर्षको उमेरमा चलचित्र ‘रिफ्यूजी’ बाट डेब्यु गरिन्। त्यस बेला उनले बेस्ट न्यूकमरको अवार्ड पाईन्।
सन् २००८, २०१३ र २०१६ का लाइफ्स्टाइल मैगजीन वर्वको लिस्टमा देशको मोस्ट पावरफुल वुमनको रुपमा छनौट भइन्।
इस्टर्न आई मैगजिनको लिस्टमा करीना दुई पटक २०११ र २०१२ भारतको सबैभन्दा हट् र एसियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनौट भइन्।
अभिनयकै लागी पुगिन रेडलाइट बस्ती
पहिलो पटक सुधीर मिश्राको चलचित्र चेमेली को अवसर आएपछि करीनाले चलचित्रमा रहेको यौनकर्मीको अभिनय गर्न मानिनन् । दोस्रो पटक मिश्राको कुरा काट्न सकिनन्। त्यो रोल गर्न करीना मुम्बईको रेड लाइट ठाउँमा गएर त्यहाँको यौनकर्मी महिलाको हाउभाउ सिक्न र ती माहिलाहरूको साडी लगाउने तरिका सिकिन्। चलचित्र चमेली मार्फत स्पेसल ज्युरी अवार्ड पनि पाइन् । त्यो चलचित्रले उनलाई पछि फर्कन परेन । लगातार काम पाइरहिन ।
करीनाको प्रतिष्ठित रोल
चलचित्र ‘कभी खुसी कभी गम’ को पात्र ‘पु’, चलचित्र ‘ जब वी मीट’ को पात्र ‘गीत’, चलचित्र ‘चमेली’ को पात्र ‘चमेली’, थ्री इडियट्सको ‘पिया’ जस्तो रोल वर्तमानमा पनि त्यतिकै प्रतिष्ठित छन्।
अन्तिम पटक २०२४ मा चलचित्र ‘क्रू’ का देखा परेकी करीनासँगै तब्बु र कृति सेनन मुख्य भुमिकामा थसए । हाल करीनाका दुई वटा छोरा(तैमूर र जहाँगीर) छन्। उनी अभिनयको क्षेत्रमा भने केही ओझेल परेकी छन् । करीनालाई ४५ औँ जन्म दिनको शुभकामना ।
प्रकाशित: ५ आश्विन २०८२ १८:१८ आइतबार





