गायिका ज्योति मगरले अभिनेत्री नीति शाहमाथि व्यङ्ग्य गरेकी छन्। नीतिले बिहीबार सञ्चारमन्त्री जगदिश खरेलसँग ‘भ्यानेटी भ्यान’ माग गरेको प्रसंगलाई लिएर ज्योतिले यस्तो व्यङ्ग्य गरेकी हुन्।
उनले आम नेपालीले सिटामोल खान नपाको बेला हेरोइनहरूलाई ‘भ्यानेटी भ्यान’ चाहियो भन्दै व्यङ्ग्य गरिन्।
'आम नेपालीले सिटामोल खानु पाको छैनन्, आम नेपालीका बालबच्चाले दक्ष शिक्षा पाएका छैनन्, हाम्रा हेरोइनहरूलाई सुसु गर्न सजिलो हुने भ्यानेटी भ्यान चाइयको छ...sorry माफ पाऊँ है सरकार र मत्रीहरूसँग माग पनि आआफ्नो लेवलको हुनि के हामीलाई शिक्षा स्वास्थ्य र गाँस बास कपास आवश्यकता छ सेलेब्रेटीहरूलाई वाइफाइ, सोसल मिडिया र भ्यानेटी भ्यानको आवश्यकता छ... लौन संचार मन्त्रीज्यु हेरोइन बुइनीहरूको माग पूरा गरिदिनु पर्यो...,' ज्योतिले सामाजिक सञ्जालमा लेखिन्।
प्रकाशित: २१ कार्तिक २०८२ ११:०१ शुक्रबार





