कथाको सुरुवात हुन्छ जेरी (अनमोल केसी) र उनको बुवा अर्बपति विजय प्रताप राणा (भुवन केसी) सँगको एक कार रेसबाट, टेनिस, भिडियो गेम, स्नुकर, कार रेसलगायतका हरेक खेलमा बुवासँग हारेका अनमोललाई आफ्नो बुवालाई कसरी हराउने द्वन्दात्मक सोच्नले सताउन थाल्छ।
एकदिन उसले थाहा पाउँछ बुवा सगरमाथा चढ्न असफल भएका, त्यसपछि उसले आफ्नो बुवासँग जित्नका लागि यो एक मात्रै बाटो रहेको ठान्छ। बुवाले सागरमाथा चढ्न नसके पनि आफू चढ्न सक्छु भन्ने निर्णय गर्छ।आफू स्वास्थ्य,मानसिक रूपमा असमर्थ्य एकपटक भएपनि सगरमाथा चढ्न निर्णय गर्छ।
अनमोल आफ्नो मामा केदारसँग सगरमाथा चढ्नका लागि लुक्लाबाट आफ्नो यात्रा सुरु गर्ने निर्णय गर्छ तर सगरमाथाको सौन्दर्यता साथै सगरमाथाको क्रुरता देख्छ।
त्यसपछि अनमोल सगरमाथा नचढी फोटोसपबाट आफू सगरमाथा चढेको भिडियो घरमा देखाएर आफूलाई बुवाभन्दा अब्बल देखाउँछ। तर झुठोको आयो कहाँ लामो हुन्छ र उसको झुठ छिटै सबैले थाहा पाउँछन् त्यसपछिको परिवार र समाजबाट तिरस्कार र परिवारलाई बेइज्जति बाट जोगाउन अब फेरि सगरमाथा जसरी भएपनि चढ्ने आँट ल्याउँछ। आफूसँग एकसुको नभएको अनमोल सगरमाथा चढ्नका लागि पैसा कहाँबाट ल्याउँछ त्यो एकदमै रोचक विषय रहेको छ।
सगरमाथा चढ्ने क्रममा अनमोल गाइड प्रेमा (जसिता गुरुङ) सँगको प्रेम सम्बन्धमा पर्छ। आफ्नो बाल्यकालको साथी श्रेया (आँचल शर्मा) सँग अनमोलको विवाह तय भइसकेको हुँदा हुँदै अनमोल जसितासँग प्रेम सम्बन्धमा पर्छ। जसिता भने मन मनै अनमोललाई माया गर्न थालेकै हुन्छिन्। त्यसपछि हुन्छ यी बीच त्रिगुणात्मक प्रेम सम्बन्धको सुरुवात।
अनमोल र जसिता सँग सँगै सगरमाथा आरोहण गर्न हिँड्छन्। तर आँचल भने बेसक्याम्पमा नै बस्छिन्। यी तीन बीचको प्रेममा गरिएका सङ्घर्ष र आरोहणमा आएका बाधाहरू थाहा पाउन चलचित्र नै हेर्नुपर्ने हुन्छ।
चलचित्रको राम्रो पक्ष भनेको पात्रबीचको संवाद जस्तै 'ट्रुथ एन्ड डेयर' खेल्दाको जसिताले अनमोललाई आफ्नो मनको भाव व्यक्त गरेको संवाद निकै नै दर्शकको मन छुने रहेको छ । यसैमा अर्को राम्रो पक्ष भनेको मायामा त्याग गरेकी प्रेमिका आँचल र जसिता जसमा एकले आफ्नो संपूर्ण जीवनको पुँजी प्रेमीलाई सौपि भने अर्को प्रेमिकाले आफ्नो ज्यानसम्म गुमाएको पक्षलाई समेटिएको छ।
नराम्रो पक्षभन्दा यसमा सगरमाथा आरोहणका लागि खासै कुनै ठूलो कारण नरहेको यसको नकारात्मक पक्ष हो। कथामा चुस्तता र सम्पादनमा कन्जुसियाई नभएका भए चलचित्र अझ राम्रो भन्ने थियो।
अभिनय
आमाको पात्रोमा रहेकी संगीता(उषा खड्गी) कमै दृश्य भएपनि छोटो मिठो रहेको देखिन्छ। बुवाको पात्रमा रहेको भुवन सशक्त राखेको देखिन्छ। जसिता एक गाइडको पात्रमा साधारण र साहसी महिलाको रूपमा देखिन्छिन्। आँचलको काम पनि राम्रै रहेको छ तर अनमोलको अभिनय खासै प्रशासनीय रहेको देखिएन। अनमोलको मामाको पात्रमा रहेका हाँस्य कलाकार केदार को अभिनयमा कुनै नयाँपन देखिएन। त्यही पट्यारलाग्दो कमेडी ले दर्शकको मन छुन सकेको छैन।
प्राविधिक पक्ष
जेरी अनटकमा आउने दृश्यहरू आकर्षक देखिएको छ। कलाकारहरूको भावनात्मक सम्बन्धलाई इएको छ जेरीको मानसिक संघर्षको उतारचढाव नै प्रभावकारी रुपमा चलचित्रमा देखाइएको छ। दुई घण्टा ५४ मिनेटको चलचित्रमा गीतहरूका छनौट राम्रो रहेको छ। चलचित्रको साउन्ड डिजाइन र पृष्ठभूमि राम्रो रहेको छ।
अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे (माग्नेबुढा), उषा खड्गी, सुरक्षा पन्त र संगीता थापा मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ। अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित 'जेरी अन टप' निर्देशक सुयोग गुरुङ हुन् भने कथा हेमराज बिसी रहेको छ। पटकथाकार विश्वास तिम्सिना, छयाङ्कन दिलिप रेग्मी, सम्पादन निमेष श्रेष्ठ रहेका छन्।
प्रकाशित: ६ कार्तिक २०८२ १७:२२ बिहीबार





