चलचित्र ‘युनिभर्सिटि अफ गुण्डाज’ मा जापानी अभिनेत्री मीना योसोदा अनुबन्धित भएकी छन्। योसोदा चलचित्रमा शीर्ष भूमिकामा देखिने छिन् ।
लामो समयदेखि चलचित्र उद्योगबाट टाडा रहेका चकलेटी अभिनेता सलिमान बाँनिया ‘युनिभर्सिटि अफ गुण्डाज’ बाट फरक स्वरुपमा देखिने भएका छन्। चलचित्र निर्माण पक्षका अनुसार सलिमानले जापानी अभिनेत्रीसँग जोडी बाँध्दैछन्। बुवा नेपाली र आमा जापानी भएकी योसोधा हाल जापानमै बस्दै आएकी छन्।
अभिनेत्री बारे थप विवरण भने निर्माण पक्षले खुलाएका छैन । चलचित्रमा सलोन बस्नेत, योसोदासँगै सलिमान मुख्य भूमिकामा देखिने छन् ।
सान्भी ईन्टरटेनमेनटको प्रस्तुतिमा निर्माण हुने चलचित्रको केही समय अगाडि फस्ट लुक सार्वजनिक भएको छ। यो फिल्ममा कथा भने सलिमानको छ।
चलचित्र निर्देशन सुरेश न्यौपानेको छ। निर्माण पक्षले सबै कलाकार तथा प्राविधिक टोलीको नाम भने अझै खुलाएको छैन ।
फर्स्टलुक सार्वजनिक गरेर दर्शकको प्रतिक्रिया बुझिसकेपछि मात्र चलचित्रको प्रदर्शन मिति तोक्ने योजना निर्माण टिमको छ ।
प्रकाशित: ३ जेष्ठ २०८३ १७:२७ आइतबार





